मण्डलीमा सधैँ जान्छौँ हामी ख्रीष्टका नानी
१. मण्डलीमा सधैँ जान्छौँ हामी ख्रीष्टका नानी
येशूले जस्तै क्षमा दिन्छौँ, सुलेमानझैँ ज्ञानी (२)
मन कन्चन येशू जस्तै पावलझैँ त्यागी
आज्ञाकारी बन्छौँ सधैँ बन्दैनौँ है बागी (२)
२. भविष्यको कर्णधार सुसमाचारको खानी
येशूको सेवा गर्छौं आफ्नो कर्तव्य ठानी (२)
प्रार्थना गर्छौं, वचन सुन्छौँ, मरियम बनी (२)
दाऊद जस्तै सहासी छौँ, हामी ख्रीष्टका नानी (२)
३. गगनभन्दा उच्च विचार हिउँ जस्तो सेतो
सबैलाई माया गर्छौं ख्रीष्टको प्रेम जस्तो (२)
हेला निन्दा सबै सहन्छौ ख्रीष्टले सहे जस्तो
ख्रीष्टकै लागि शहीद बन्छौँ शिमोन पत्रुस जस्तो (२)