मसीह-मसीहको लागि लड़ाइँ गर्नुछ
१. मसीह-मसीहको लागि लड़ाइँ गर्नुछ
उनको क्रूसको झण्डा उठाई बोक्नुछ
जय पाउनु, उनले दिन्छन् जय पाउनु, अँ जरूर
ख्रीष्ट हुन् सबैका राजा नष्ट हुन्छन् सब शत्रु ।
२. मसीह-मसीहको लागि लड़ाइँ गर्नुछ
सब ढाढ़स, बल र सामर्थ ख्रीष्टदेखि पाउनुछ
न आफ्ना बलले दित्नु, न आफ्ना हतियार
अवश्य सबै लाऔँ धर्म-पुस्तकको अनुसार ।
३. मसीह-मसीहको लागि लड़ाइँ गर्नुछ
युद्ध गर्ने बेला कम्मर सत्यले बाँध्नुछ
विश्वासको ढाल लगाऔँ र तरवार आत्माको
सुसमाचारका जुत्ता र कवज धर्मको ।
४. मसीह-मसीहको लागि लड़ाइँ गर्नुछ
आज लड़ाइँ गर्नुछ, भोलि जय पाउनुछ
दिइन्छ स्वर्गे मुकुट विजयी सबैलाई
र स्वर्गमा सधैँ बस्नु विजयको गीत गाउँदै ।