मुक्त भनी बताउन मन लाग्छ
१. मुक्त भनी बताउन मन लाग्छ, मुक्त थुमाको रगतले
मुक्त भएँ अनन्त कृपाले, सदा उनकै सन्तान भएँ ।
को. मुक्त मुक्त थुमाको रगतले मुक्त
मुक्त भनी बताउन मन लाग्छ, सदा उनकै सन्तान भएँ ।
२. मुक्त यो कस्तो आनन्द येशूमा, शब्द छैन वर्णन गर्नलाई
उनको उपस्थितिको यो ज्योति रहन्छ मसँग सधै ।
३. सम्झन्छु धन्य मुक्तिदातालाई, सम्झन्छु उनलाई दिनभरी
गाउँछु कारण चूप बस्न सक्दिनँ, उहाँको प्रेम नै मेरो गीत ।
४. देख्नेछु सुन्दरतामा राजालाई जसको व्यवस्थामा रमाउँछु
जो प्रेमले पाइला रक्षा गर्दछन् र रातमा दिन्छन् गीतहरू ।